दक्षिण कोरियाले कामदार अभावलाई कम गर्न नयाँ नियम ल्याउने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका कामदारले नयाँ नियम अनुसार एकै पटक १० वर्ष कोरियामा काम गर्न सक्ने छन् । अहिलेको नियम अनुसार पहिलो पटक ३ वर्ष र कम्पनीले चाहेमा थप दुई वर्ष १० महिना मात्रै काम गर्न सक्छन् ।
रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत दक्षिण कोरिया आएका कामदारको तलब बढेको छ । नयाँ वर्षसँगै यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् ।
दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् ।
शुक्रबार राति दक्षिण कोरियाो राजधानी सोल तुसारोले छपक्कै थियो । तापक्रम माइनस ८ डिग्री सेल्सियसभन्दा बढी छ । चिसो यति धेरै कि मानिसहरुले स्वास फेर्दा मुखबाट चुरोट पिएको जस्तै बाफ निस्कन्थ्यो ।
रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो ।
दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । सो स्थानमा रमाइलो गर्न एक लाखभन्दा बढी मानिस जम्मा भएको अनुमान छ ।
दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख १० हजार कामदार कोरिया ल्याउने भएको छ । शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।
रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा रहेका कामदारहरूले राष्ट्रिय पेन्सन बिमा (खुकमिन एनगुम) मा सहभागी गराउन माग गरेका छन् । श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र ईपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालसँगको भर्चुअल बैठकका क्रममा कामदारहरूले उक्त माग राखेका हुन् ।
दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो ।
दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।