२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ

गोकुल थोकर

दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आइतबार भएको निर्वाचनबाट अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन् । कोरियाली समयअनुसार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति १० बजेसम्म चलेको थियो । अनलाइनमार्फत भएको मतदानमा गुरुङले १ हजार ५ सय २१ मत ल्याएका थिए ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ

शनिबार नै सम्पन्न हुनुपर्ने बन्दसत्र विवादका कारण लम्बिएको थियो । कोरियामा अध्ययनका लागि आएका विद्यार्थीलाई सदस्ता दिएको भन्दै विवाद बढेपछि करिब ५ सय बढी विद्यार्थीको सदस्यता रद्द गरिएको थियो । अध्यक्षका लागि ३ जना प्रत्यासी रहेकोमा उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १ हजार २ सय ५७ र सञ्जीव कुमार राईले ९ सय ८८ मत ल्याएका थिए ।

कुल मतदाता ४ हजार ४ सय ५८ जना रहे पनि ३ हजार ७ सय ६८ जना मात्रै निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तानले २ हजार २ सय १८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी परी गुरुङले १ हजार ५ सय ४६ मत प्राप्त गरेकी छन् ।

महिला उपाध्यक्षमा आरती हृयोल्मो, उपाध्यक्षहरूमा हरि भट्टराई, तारा पुन मगर, सुनिल कन्दवा, महासचिव केशव थापा, सचिवद्वय पूर्णराम बुढा र कमल भण्डारी, कोषाध्यक्ष भक्तबहादुर गुरुङ, सहकोषाध्यक्षमा विष्णु बुढाथोकी निर्वाचित भएको निर्वाचन आयोगका अध्यक्ष गङ्गाराज राईले जानकारी दिए ।

युवा संयोजक युविन श्रेष्ठ, महिला संयोजक नीला राई निर्वाचित भएका छन् । सदस्यहरुमा सपना अधिकारी विन्दु शाह, विष्णु बहादुर रकल, विष्णु रेग्मी ‘रुविन’, मङ्गलप्रसाद योङहाङ, गंगाराजन मगर र सुधान जुहारचन निर्वाचित भएका छन् । सन् २०२३–२५ कार्यकालका यो समूह निर्वाचित भएको हो ।


प्रकाशित : श्रावण १५, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?