२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

'गाउँ आएको बाटो'का कलाकार र निर्देशकलाई कोरियामा सम्मान

गोकुल थोकर

सोल, दक्षिण कोरिया — नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले चलचित्र 'गाउँ आएको बाटो'का निर्देशक कलाकारलाई सम्मान गरेको छ ।

'गाउँ आएको बाटो'का कलाकार र निर्देशकलाई कोरियामा सम्मान

आइतबार सोलमा भएको एक कार्यक्रममा यहाँ रहेका जातीय संस्थाका प्रतिनिधि उपस्थित भएका थिए ।

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा छनोट भएको चलचित्र प्रदर्शनको लागि निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, निर्माता आमोद राई, चलचित्रका सम्पादन गरेका सन्दिप श्रेष्ठ, सहनिर्देशक मिन्शो राई कोरियामा छन् । महासंघले उनीहरूलाई सम्मान गरेको हो । 'आदिवासी जीवनलाई पर्दामा उतार्ने काम गर्नु भएको छ । हाम्रो कथा विश्वमा सुनिनु गर्वको विषय भएकोले सम्मान गरिएको हो ।' महासंघका अध्यक्ष विसन राईले भने ।

सम्मानित निर्देशक सुब्बाले समुदायको कथाले सधैं आफूलाई आकर्षित गरेको बताए । 'गाउँ आएको बाटो' राई समुदायको जनजीवनलाई बताउने प्रयास गरेको बताए । चलचित्रलाई विदेशमा बस्ने राई समुदायले लगानी गरेर बनाएका हुन् ।

प्रकाशित : आश्विन २८, २०८० १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?