अस्ट्रेलिया र न्युजिल्यान्डमा ‘सगरमाथा दिवस’

अस्ट्रेलिया — सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया र न्युजिल्यान्डमा विभिन्न कार्यक्रम गरेर ‘सगरमाथा दिवस’ मनाइएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा ‘सगरमाथा दिवस’

अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन, दक्षिण अस्ट्रेलियाको एडिलेडलगायत विभिन्न सहरमा नेपालीले विभिन्न क्षेत्रको पैदल यात्रा गर्दै दिवस मनाए । फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) ले स्थानीय वाणिज्य दूतावाससँग सहकार्य गर्दै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपालको पर्यटकीय क्षेत्रबारे जानकारी दिइनुका साथै नेपाली परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।


यस्तै, जलवायु परिवर्तनबाट बढिरहेको समस्या र त्यसको न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका दक्षिण अस्ट्रेलिया संयोजक कपिल पाण्डेले बताए ।


न्युजिल्यान्डमा गैरआवासीय नेपालीको संस्था एनआरएनएले राजधानीसहितका केही सहरमा कार्यक्रम गरेर सगरमाथा दिवस मनाएको छ ।


यस्तै, ३१ तारिखमा राजधानी वेलिङ्टनस्थित संसद् भवनमा कार्यक्रम आयोजना गर्न लागिएको पनि आयोजकले जनाएका छन् । यस्तै, न्युजिल्यान्डको क्यालेन्डरमा यस कार्यक्रमलाई समावेश गराउन प्रधामन्त्रीसमक्ष अनुरोध गरिनेसमेत आयोजकले बताएको छ ।


सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । सोही तारिखमा बर्सेनि सगरमाथा दिवस मनाइने गरिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?