कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङ नेपाली महासंघमा रीता गुरुङ

सुनसरी — हङकङमा बस्ने नेपालीहरूका विभिन्न संघसंस्थाका छाता संगठन हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनले तीन वर्षे कार्यकालका लागि रीता गुरुङलाई निर्वाचित गरेको छ ।

हङकङ नेपाली महासंघमा रीता गुरुङ

याउमा तेई कम्युनिटी हलमा आइतबार राति सम्पन्न महाधिवेशनमा उपाध्यक्षमा नवीन सुहाङ र कोषाध्यक्षमा नीरकुमार वाइवा निर्विरोध भए भने महासचविमा हेम थापा मगर र सचिवमा संजोग राई निर्वाचित भएका छन् । गुरुङले निवर्तमान अध्यक्ष टंक रानालाई पराजित गरेकी हुन् ।

महासंघमा महासचिव, उपाध्यक्ष र अध्यक्ष भइसकेकी गुरुङ फेरि अध्यक्षमा निर्वाचित भएकी हुन् । हाल उनी हङकङ सरकारको गृह मामिला विभागअन्तर्गत रहेको प्रमोशनल अन र्‍यासनल हारमोनी कमिटी (जातीय सामाजिक सद्भाव कमिटी) सदस्य, कम्युनिटी सपोर्ट टिम फर नेप्लिज कम्युनिटीको इन्चार्जसमेत हुन् । उनले हङकङमा नेपाली समुदायमा नदेखिएको समस्याका रूपमा अटिजम भएका बालबालिका, वृद्धवृद्धा र लागूपदार्थ दुव्र्यसनी पनि रहेकाले यी समस्या समाधान गर्न हङकङ सरकारसँग समन्वय गर्ने बताइन् ।

हङकङमा हाल करिब ४० हजार नेपालीहरूको बसोबास रहेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?