लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती

कान्तिपुर संवाददाता

लन्डन — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बहुभाषा, संस्कृति र सभ्यता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारलाई मार्गदर्शन दिएको बताएका छन् ।

लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार आयोजित २५६६ औँ बुद्ध जयन्ती समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले गौतम बुद्ध दर्शन र भाषा, संस्कृति र सभ्यता बुझ्न नेपालको भ्रमण गर्न विश्वभरका राजनेताहरूलाई आग्रह गरे।

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको उनले बताए । 'हामी नेपाली संस्कृति, सभ्यता, भाषा र धर्ममा महान छौं र बुद्ध प्रति गर्व गर्छौं,' उनले भने।

बुद्ध फाउन्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराईलगायत क्षेत्रको मौलिक पहिचान झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

त्रियुगा मतदान केन्द्रको विवाद उच्च अदालत विराटनगर इजलासमा

डिल्लीराम खतिवडा

उदयपुर — उच्च अदालत विराटनगरमा त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादबारे सुनुवाइ भइरहेको छ । 

पहिलो रिटका वादी चित्रकुमार कार्कीले विवादको कारण मतगणना कार्य अवरुद्ध हुन पुगेकाले मतगणना कार्य पुनः सुरु गरिपाऊँ भनी रिट दायर गरेका थिए । कार्कीले दायर गरेको रिटमा न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै सोमबारका लागि छलफल बोलाएको थियो ।

अदालतको आदेशअनुसार आज मुख्य निर्वाचन अधिकृतको कार्यालय र रिट दायर गर्ने पक्षबीच अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल हुने छ । उक्त रिट न्यायधीश दिनेशप्रसाद यादव र किरणकुमारी गुप्ताको इजलासमा सुनुवाइ भइरहेको छ ।

यता स्थानीयको तर्फबाट प्रदेश सांसद सुनिता चौधरीलगायतले दायर गरेको रिटको पनि पहिलो सुनुवाइ हुने भएको छ । त्रियुगा नगरपालिका १२ का १० जनाले दिएको रिटमा उच्च अदालतका न्यायाधीश रामबहादुर थापाको इजालासमा परेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×