कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएद्वारा निर्वाचन संयोजक चयन

काठमाडौँ — गैरआवासीय नेपाली संघ, युएईले प्रमुख संरक्षक रमेश श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समित चयन गरेको छ । युएईमा एनआरएनए नेपाल एसोसिएसनको रुपमा सरकारी निकायमा दर्ता छ । खाडीमा युएई र ओमानमा मात्रै सरकारी निकायमा दर्ता भएको हो ।

एनआरएनएद्वारा निर्वाचन संयोजक चयन

एनआरएनए युएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई निर्वाचन समितिको जिम्मेवारी दिएको हो । समितिमा पूर्वअध्यक्ष सुदीप कार्की र पूर्वमहासचिव कृष्ण पौडेल रहेका छन् । पौडेल नेपाल एसोसिएनका वोर्ड सदस्य पनि हुन् ।

एनआरएनएका महासचिव दीपक खड्का अनुसार श्रेष्ठलाई २०२३–२५ को कार्यकालको लागि अधिवेशन गराउने जिम्मेवारी दिइएको हो । ‘खाडीमा एनआरएनए, युएईको छिट्टै महत्त्व छ । यसले युएईको सरकारी निकायसँग समन्वय गरी काम गर्दै आइरहेको छ । यहाँको हरेक क्रियाकलापलाई युएई सरकारले आफ्नो नोटिसमा राखेको हुन्छ’, महासचिव खड्काले भने, ‘आउँदो अधिवेशन विवादरहित र पारदर्शी ढंगले सम्पन्न हुनेछ भन्ने हाम्रो आशा छ ।’

श्रेष्ठले आफूले निष्पक्ष रुपमा अधिवेशन गराउने प्रतिबद्धता जनाए । ‘नेपाली समुदायसँग प्रत्यक्ष सर्म्पकमा रही हरेक श्रमिकलाई परेको अप्ठारोमा एनआरएनको आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यस्तो संस्थालाई विवादमा ल्याउने कार्य कहीँकतैबाट पनि हुनु हुँदैन । स्थानीय अधिकारीहरुले पनि यसलाई चासोपूर्वक हेरिरहेको अवस्थामा हामी विवादरहित ढंगबाट काम गर्नेछौं’, उनले भने ।

श्रेष्ठकै नेतृत्वमा युएईमा एनआरएनएलाई नेपाल एसोसिएसनको नाममा दर्ता गराएका थिए ।

प्रकाशित : असार ७, २०८० १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?