चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युन् ता’ अब नेपालमा- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युन् ता’ अब नेपालमा

लक्ष्मी लम्साल

बेइजिङ — चीनको लोकप्रिय ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा युन् ताले नेपालमा आफ्नो एकीकृत सेवा सुरू गर्ने भएको छ। चीनमा अनलाइन किनमेलको निर्यात तथा ढुवानी सेवाका लागि आवश्यक रसद उपलब्ध गराउने गरी यो सेवा नेपालमा सञ्चालन गर्न लागिएको युन् ताले जनाएको छ।

मंगलबार युनताले नेपाल एकीकृत सेवा विस्तारको घोषणा गरेको हो । यो कम्पनीले उपभोक्ताहरूको व्यक्तिगत खरिद मागलाई पूरा गर्नका लागि उत्पादनहरूलाई एकसाथ एकीकृत गरी निर्यात गर्नेछ ।

युन् ताले घरेलु एक्सप्रेस वेयरहाउस को-प्याकेजिङ, एयर फ्रेट संकलन र अन्य कार्यहरू मार्फत् चीनबाट नेपाली सामानहरू सुरक्षित र समयमै उपभोक्ताहरू माझ पुर्‍याउने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । ‘नेपाल कन्सोलिडेसन’ अन्तर्गत प्रत्येक महिना ठूलो परिमाणका सामग्री निर्यातका लागि विशेष विमानको व्यवस्था गरिएको छ । नेपालका लागि उक्त विशेष विमान चीनको छङ्तु विमानस्थलबाट उड्नेछ । कूल ७ देखि ११ दिनमा प्याकेज नेपालसम्म पुग्नेछ ।

पछिल्ला दिनमा युन् ता अन्तर्राष्ट्रिय डेलिभरी कम्पनीले दुबई, अस्ट्रेलिया, कोरिया, कम्बोडिया र नेपाललगायत देशहरूमा कन्सोलिडेसन सेवा सुरूवात गर्दै मध्यपूर्व, दक्षिण एसिया, पश्चिम एसियाका साथै मुख्य सहरसम्मको पहुँच विस्तार गर्दै गएको पनि चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन् ।

प्रकाशित : वैशाख २८, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

मदिरा ब्राण्ड ८८४८ भोड्का र ओल्ड दरबारले जिते गोल्ड मेडल

कान्तिपुर संवाददाता

काठमाडौँ — यती डिस्टिलरीका मदिरा उत्पादनहरु ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले गोल्ड मेडल जितेका छन् । सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन २०२२ मा ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेका हुन् ।

एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा भन्ने हुन्छ । डबल गोल्डको अर्थ विश्वका अतिउत्तम उत्पादनमध्येको एक भन्ने हुन्छ । विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरुले गत अप्रिलमा दुई हप्ता समय लगाएर ५ हजार कम्पनीका मदिाहरुको मूल्यांकन गरेका थिए । सन २००० देखि सुरु भएको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो । प्रतिस्पर्धाका सहभागीलाई पूर्वनिर्धारित मापदण्डका आधारमा कास्य, रजत, स्वर्ण, दोहोरो स्वर्ण र प्लेटिनम मेडल दिइने गरिन्छ ।


प्रकाशित : वैशाख २८, २०७९ १४:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×