कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्विडेनको तीजमा नेपाली झल्को

स्विडेन — नेपाली महिलाको महत्त्वपूर्ण चाडको रुपमा रहेको तीजमा स्वदेशमात्र नभइ विदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । स्विडेनमा रहेका नेपाली चेलीलाई तीजको दर खुवाउने र नेपाली कला संस्कृतिलाई फैलाउने उद्देश्यले स्विडेनमा पनि धुमधामका साथ तीज मनाइएको छ ।

स्विडेनको तीजमा नेपाली झल्को

स्विडेनस्थित जनसम्पर्क समिति र इन्डेन प्यालेस रेस्टुरेन्टले आइतबार लोकगायिका सम्झना लामिछाने मगरको विशेष आतिथ्यतामा तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।

राज खरेल र नरेन्द्र जोशीको पहलमा भएको कार्यक्रममा गायिका लामिछानेले एकल प्रस्तुति दिएकी थिइन् । उनले तीजका चर्चित गीतहरू गाएर स्विडेनको विभिन्न क्षेत्रमा रहेका नेपाली महिलालाई स्वदेशको तीज अनुभूति दिलाइन् । त्यसबाहेक गायिकाले आफ्नो चर्चित लोकगीत 'फूल फूलेर पहेँलै भयो, घरमा पराल बारीमा बन्सो' लगायत बोलका गीत पस्केकी थिइन् । गायिका सम्झनाले विदेश भूमिमा आफ्नो देशका महिला दिदीबहिनीलाई गायनबाट खुसी पार्न सकेकामा खुसी प्रकट गरिन् ।


स्विडेनमा पहिलोपटक तीज विशेष कार्यक्रम भएको हो । यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?