कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा हाइकिङमार्फत रकम जुटाएर झापा र मोरङमा वृक्षरोपण

काठमाडौँ — अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा संस्था हाइकिङमार्फत रकम जुटाएर नेपालमा वृक्षरोपण र महिला सशक्तीकरणको काममा जुटेको छ । 

अमेरिकामा हाइकिङमार्फत रकम जुटाएर झापा र मोरङमा वृक्षरोपण

८८४८–ट्रीज नामक संस्थाले मोरङ र झापा जिल्लामा करिब १० हजार विरुवा रोपेको संस्थाका संस्थापक सन्जीप कार्कीले जानकारी दिए । संस्थाले स्थानीय बेरोजगार महिलाहरुलाई परिचालन गरी वृक्षरोपण अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत मोरङको बेलचौरी सामुदायिक वनसँगको सहकार्यमा साउनमा करिब ५ हेक्टर क्षेत्रफलमा ५ हजार टिकको बिरुवा रोपिएको छ । वृक्षरोपणका लागि जिल्ला वन कार्यालयले बिरुवा उपलब्ध गराएको थियो ।

११ सदस्यीय वन उपभोक्ता समूहले न्यून आय भएका महिलाहरुलाई अभियानका लागि मौसमी जागिरका लागि छनोट गर्ने संस्थाले जनाएको छ । त्यस्तै संस्थाले झापाको दियालो सामुदायिक वनसँगको सहकार्यमा ३ हेक्टर क्षेत्रफलमा ५ हजार वटा टिकको बिरुवा रोप्ने काम जारी रहेको जनाएको छ ।

सन् २०२१ र त्यसपछि पनि अभियान सञ्चालनमा लागि संस्थाले हाइकिङमार्फत सहयोग रकम उठाएको छ । त्यसका लागि संस्थाका संस्थापक कार्कीले ४ हजार २ सय ६५ किलोमिटर लामो प्यासिफिक क्रेस्ट ट्रेलमा हाइकिङ गर्दैछन् । जुलाईको अन्त्यसम्म कार्कीले ३ हजार ८ सय ५४ किलोमिटर हाइक गरिसकेका छन् । संसारकै लामो हाइकिङ ट्रेल मानिएको उक्त ट्रेल अमेरिकाको पश्चिमी किनारदेखि मेक्सिको र क्यानडाको सीमासम्म अवस्थित रहेको छ ।

प्रकाशित : भाद्र १४, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?