कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल एशोसिएसनद्वारा दुबईमा राहदानी फाराम संकलन

काठमाडौँ — दुबईमा कार्यरत नेपालीले अब फाराम बुझाउन आबुधावीस्थित नेपाली दूतावास जानु नपर्ने भएको छ । 

नेपाल एशोसिएसनद्वारा दुबईमा राहदानी फाराम संकलन

यूएईको राजधानी आबुधावीस्थित दूतावासमा जान पीसीआर रिपोर्ट चाहिने भएकोले नेपाल एशोसिएनले दूतावाससँग समन्वय गरी राहदानी नवीकरणको फाराम संकलन गर्न थालिएको हो । दुवईबाट आबुधावीको दुरी झन्डै एकसय ४० किलोमिटर छ ।

नेपाल एशोसियनले दुबईको देरास्थित कार्यालयबाट फाराम संकलन गर्न थालिएको हो । दूतावाससँग सम्बन्धित कार्यका लागि यूएई सरकारले एशोसएनलाई अनुमति दिएको अध्यक्ष रमेश श्रेष्ठले बताए ।

‘यो काम गर्नको लागि नेपाली श्रमिकसँग सेवा शुल्क लिइने छैन । यो नि:शुल्क सेवा हो’, उनले भने,‘एशोसिएनले नेपाली दूतावासलाई बुझाउनु पर्ने २ सय दिराम र कुरियरबापत २० दिराम गरी २ सय २० दिराम लिने गर्छौं । कुरियरबापत पैसा तिरेपछि श्रमिक बस्ने आवाससम्म राहदानी पठाइदिने गरेको छौं ।’

२०१० मा हस्तलिखित राहदानीलाई बदलेर एमआरपी राहदानी लिएका थिए । उनीहरुको नवीकरण गर्नुपर्ने संख्या दैनिक बढिरहेको छ । एशोसिएसनले दुव बाहेक यूएईका राज्यहरु अजमान, अल ऐन, फुजेरा, रसअल खेमा, सारजाहा र उम अल क्वेनमा फाराम संकलनको लाघि घुम्ती शिविर नै आयोजना गरेको थियो । ती स्थानबाट ६३४ जनाको राहदानी फाराम संकलन गरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?