१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मैनालीलाई तत्काल रक्तदान नगर्न निर्देशन 

काठमाडौं — कोरोना महामारीको नौ महिनाको अवधिमा ११ लिटर रगत तथा प्लेटलेट दान गर्ने नेपालका अभियन्ता अर्जुन मैनालीलाई अमेरिकाको न्युयोर्क ब्लड सेन्टरले तत्काल रक्तदान नगर्न निर्देशन दिएको छ ।

मैनालीलाई तत्काल रक्तदान नगर्न निर्देशन 

हाल अमेरिकामा रहेका काभ्रे सिपालीका मैनालीका अनुसार उनले यो अवधिमा गरेको रक्तदानको सीमा पुगेकाले उनको स्वास्थ्यलाई असर पर्न सक्ने कारण देखाउँदै न्युयोर्क ब्लड सेन्टरले पत्रमार्फत सूचित गराएको हो ।

‘जनवरी २१ मा न्युयोर्क ब्लड सेन्टरबाट पत्र पाएँ,’ मैनालीले कान्तिपुरसँग भने, ‘त्यसमा २८ जुन २०२१ पछि मात्र रक्तदान गर्नुहोला लेखिएको थियो । अमेरिकाको खाद्य र औषधि प्रशासनद्वारा स्थापित नियमअनुसार सेन्टरले मेरा हरेक रगत र प्लेट्लेट्स दानलाई अनुगमन गरिरहेका रहेछ ।’

उनले एक वर्षको अवधिमा आफ्नो शरीरबाट निकाल्न मिल्ने जति परिमाण आठ महिनाकै अवधिमा निकालिकाले तत्काललाई रक्तदान नगर्न भनिएको बताए ।

‘करिब ११ लिटर दान गरिसकेको रहेछु । यहाँ कति पटकभन्दा पनि कति परिमाणमा तरल पदार्थ निकालिएको छ भन्ने कुराले अर्थ राख्दोरहेछ । यो सामान्य रक्तदानमात्रै थिएन । एक किसिमको असाधारण कार्य हुन गएछ,’ ३३ वर्षदेखि रक्तदान गर्दै आएका मैनालीले भने ।

मैनालीले कोरोनाका बेला २० अप्रिल २०२० देखि २०२१ जनवरी १२ तारिखसम्म २३ पटक रक्तदान गरेका थिए । काठमाडौंको न्युरोडबाट रक्तदान थालेका मैनालीले हालसम्म १ सय ९५ पटक रक्तदान गरिसकेका छन् । विश्वका ६ वटा महादेशका १७ वटा मुलुकमा रक्तदान अभियान गरिसकेका मैनालीको रगतले कम्तीमा ५ सय ८४ जना बिरामीको ज्यान जोगाउन मद्दत पुगेको छ ।

प्रकाशित : माघ ११, २०७७ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?