एसीसी प्रिमियर कप : वर्षाले फेरि रोकियो कुवेत र नेपालबीचको खेल

करण केसीले लिए ५ विकेट

काठमाडौँ — एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले पुन: रोकिएको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । 

एसीसी प्रिमियर कप : वर्षाले फेरि रोकियो कुवेत र नेपालबीचको खेल

रोहित पौडेलको कप्तानी इनिङ्समा नेपालले कुवेतलाई एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा २ सय ८१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा आएको नेपालले ९ विकेट गुमाई २ सय ८१ रन बनायो । तर डकवर्थ लुइस सिद्धान्तमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको छ ।

२८१ रनको लक्ष्यसहित कुवेतले जवाफी ब्याटिङ गरिरहँदा पुन: पानी परेपछि खेल रोकिएको हो । नेपाली बलरसामु कुवेती ब्याटर निरीह देखिएका छन् । ८.३ ओभरको समाप्तिमा कुवेतले ६ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।

नेपालका लागि करण केसीले सानदार बलिङ गर्दै ४.३ ओभरमा १ ओभर मेडन राख्दै ५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले १ विकेट लिएका छन् ।

प्रकाशित : वैशाख १६, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?