कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान सहजीकरण गर्छौं : अर्थसचिव मरासिनी

काठमाडौँ — अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहजीकरण गर्ने बताएका छन् ।

बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान सहजीकरण गर्छौं : अर्थसचिव मरासिनी

मंगलबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो धारणा राखेका हुन् । उनले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने उल्लेख गरे ।

अर्थमन्त्रालयले बैंकमा भएको ६ खर्ब लगानीयोग्य रकमलाई नीतिगत रूपमा सहजीकरण गरी बजारमा जाने वातावरण बनाउने उल्लेख गरे ।

'राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याडलक छ । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौं । रकम दुरुपयोग भन्ने अखबारहरुमा समाचार आउँछ अनि हामीलाई पनि केही काम गर्न लाग्दा कुन अखबारमा के लेखेको छ हेर्नुपर्ने भएको छ,' उनले भने, 'चालु आर्थिक वर्षको अन्तिम असार महिनामा छौं । खर्च बढ्नुपर्ने बेला छ । हामीले हर्ने अहिले बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च हुँदैन । त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव र ब्याटलकलाई तिर्ने हो । नयाँलाई हामी पनि दिँदैनौं । हामी पनि पारदर्शी छौं । हाम्रो पारदर्शीतामाथि धेरै प्रश्न भइरहन्छ । पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने हो । अर्थमन्त्रालयले बैंकमा भएको ६ खर्ब लगानी योग्य रकमलाई प्राथमिकताका साथ हेरी रहेका छौं । त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बााकी राख्दैनौं । आर्थिक नीतिमा कहाा कति सुधार गर्नुपर्ने हो । त्यो गर्छौं । बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौं ।'

उनले आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताए ।

*सच्याइएको : ६ खर्ब हुनपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।

प्रकाशित : असार ११, २०८१ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×