कृषि लगानी दशक घोषणा

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत् यो घोषणा गरिएको हो ।

कृषि लगानी दशक घोषणा

राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताए ।

प्रमुख खाद्यन्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिने समेत घोषणा गरे ।

‘आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिनेछ । प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुनेगरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिनेछ । बाली लगाउनुपूर्व नै कृषकहरुलाई उत्पादनका साधनमा सहज पहुँच हुने सुनिश्चित गरिनेछ । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिनेछ । कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बााझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिनेछ ।’

राष्ट्रपति पौडेलले कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बााझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने बताए ।

प्रकाशित : जेष्ठ १, २०८१ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x