२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अघोषित लोडसेडिङले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योग प्रभावित

विनोद भण्डारी

विराटनगर — विधुत प्राधिकरणले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगमा दैनिक आठ घन्टा अघोषित लोडसेडिङ गरेपछि उद्योगहरू प्रभावित भएका छन् । उद्योगीहरुले उद्योग सञ्चालनको वातावरण नै अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।

अघोषित लोडसेडिङले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योग प्रभावित

यो लोडसेडिङलाई विधुत् प्राधिकरणले भने उपभोक्तालाई असर पर्ने भएकाले उद्योगीहरुलाई जानकारी गराएर विद्युत् काटिएको भन्दै आएको छ ।

औपचारिक रुपमा लोडसेडिङसमेत नभनी दैनिक आठ घन्टासम्म विद्युत् कटौतीले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योग अस्तव्यस्त अवस्थामा गुज्रिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । हरेक दिन बिहान ७ बजेदेखि ११ र साँझ ५ बजेदेखि ९ बजे सम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुँदै आएको छ । सुरानाले भने यसले उद्योगलाई बढ्दो उत्पादन लागत थेग्न र श्रमिकको समय तालिका मिलाउन हम्मेहम्मे परेको छ ।

प्राधिकरणले विद्युत् कटौती हुने सूचना अनौपचारिक रुपमा उद्योगीहरुको सामाजिक सञ्जालमा शेयर गर्छ । यसबाट उद्योगले के कति श्रमिक व्यवस्थापन गर्ने भन्ने योजना नै बनाउन पाउँदैनन् । नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले भने खासमा उद्योगहरु २४ घन्टा सञ्चालन गर्दा श्रमिकको सिफ्ट मिलाइएको हुन्छ । त्यही अनुरुप श्रमिकको व्यवस्थापन गरिन्छ । तर औद्योगिक क्षेत्रको लोडसेडिङले उत्पादन र आपूर्ति चक्र नै चौपट बनाएको सारडाको भनाई छ । उनकाअनुसार यो अघोषित लोडसेडिङ ६ महिनादेखि नियमित छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोर भित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत् वितरण हुन्छ । लोडसेडिङले सबैभन्दा बढी प्रभावित फलाम, सिमेन्ट, रिलायन्स, जुट र प्लाष्टिक उद्योग परेका छन् । सारडाले भने लोडसेडिङका कारण ती उद्योगको पाटपुर्जा बिग्रिनेदेखि कच्चा पदार्थ खेर जाने समस्या छ । कम्पिरेटिभ एभरेज बिजुली नै हो । डिजेलबाट जेनेरेटर सञ्चालन गर्दा प्रतियुनिट ३६ रुपैयाँसम्म खर्च हुन्छ । त्यसरी उद्योग सञ्चालन गर्न सक्ने स्थिति नरहेको उनको गुनासो छ । यो करिडोरमा पशुपति, हुलास, मैनावत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्ससहित आधा दर्जनबढी ठूला फलाम उद्योग छन् ।

विद्युत प्राधिकरण दुहबी ग्रीडका प्रमुख रोशन खड्का आपूर्तिमै समस्या आएपछि उद्योगीलाई अनुरोध गरेर बिहान बेलुका उद्योगको विधुत् कटौती गरेको बताउँछन् । उद्योगीलाई अनुरोध गरेर बिहान ७ बजेदेखि ११ र साँझ ५ देखि ९ बजेसम्म बिजुली कटौती गरिएको हो । उनले भने आपूर्तिमै आएको कमीका कारण औद्योगिक क्षेत्रलाई चाहिने बिजुली दिन नसकिएको बताउँदै आएका छन् ।

विद्युत् प्राधिकरण दुहबी ग्रीडका अनुसार कोसीमा दैनिक माग २६० देखि २७० मेगावाट छ । तर, पिकआवरमा २७५ मेगावाट माग हुन्छ । दैनिक १८० मेगावाट जति बिजुली आउँछ । यसको स्रोत पश्चिमबाट भारतको मुजफ्फरपुर–ढल्केबर हो । पूर्व काबेली कारिडोरबाट पनि आउँछ । कमी भएको ९० देखि १०० मेगावाट हो । भारत र काबेलीबाट आएको बिजुली यतै मिसिन्छ । अहिले मिर्चैया–लहान–रुपनी–कुशाहा हुँदै सुनसरीको इनरुवाबाट पश्चिममा दुहबीतिर १६० मेगावाट र काबेलीबाट २५ मेगावाट मात्र आउँछ । काबेलीबाट दमकमा आउँछ । केही झापाको अनारमनी पठाइन्छ । बाँकी बिजुली दुहबी आउँछ र त्यहाँबाट विराटनगरतर्फ पठाइन्छ ।

बर्खामा १९६ मेगावाट जम्मा बिजुली आउँछ । ४५ मेगावाट अनारमनी लोड छ । ३० मेगावाट लोड दमकको हो । दुहबीको १९० देखि २०० उद्योग तथा घरायसी गरी लोड छ । ३३ केभी र ११ केभीमा उद्योग छन् । सबै उद्योग एकै पटक नचल्ने भएकोले १२० देखि १३० मेगावाट औद्योगिक क्षेत्रको माग छ ।

हिउँदमा माग कम भएपनि गर्मीमा उपभोक्ताको माग शतप्रतिशत बढ्छ । ४०० केभी पूरा भए कोसी प्रदेशमा ८०० मेगावाट बिजुली आयात–निर्यात गर्न सकिन्छ । इनरुवा सबस्टेशन तयारी अवस्थामा छ । चार्जिङ भइरहेको छ । दुहबीयता र विराटनगरतर्फ कण्डक्टर अपग्रेड गर्ने काम भइरहेको र यसबाट बिजुली आपूर्ति सहज हुने प्राधिकरणको विश्वास छ । रनअफ रिभरमा आधारित भएकोले अहिले पूर्वी नेपालका विभिन्न हाइड्रोपावरबाट हुने उत्पादन आधाभन्दा धेरै घटेको प्राधिकरणको भनाइ छ ।

उद्योग संगठन मोरङले गरेको अध्ययन अनुसार औद्योगिक करिडोरमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ हुने गरेको छ । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक समम ट्रिपिङ भएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए । सु

प्रकाशित : माघ २३, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?