२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२
मौद्रिक नीति २०८०/८१

पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुग्यो

काठमाडौँ — घरजग्गामा बैंकहरुबाट प्रवाह हुने कर्जामा राष्ट्र बैंकले केही लचिलो नीति लिने संकेत गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्‍याइएको छ ।

पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुग्यो

त्यस्तै घरजग्गा कर्जाको जोखिमभारलाई घटाउने संकेत माैद्रिक नीतिमा उल्लेख गरिएको छ । 'सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ' मौद्रिक नीतिमा उल्लेख छ । हाल यस्तो जोखिमभार १५० प्रतिशत छ । यसको अर्थ बैंकहरुले घरजग्गामा कर्जा दिँदा कर्जा रकमको १५० प्रतिशत रकम जोखिम व्यवस्थापन गर्नुपर्छ । हाल जोखिमभार १५० प्रतिशत हुँदा घरजग्गामा जाने कर्जा निरुत्साहन गरेको भन्दै खुकुलो नीति लिन राष्ट्र बैंकलाई दवाव परेको थियो । जोखिम भार १०० प्रतिशतमा झार्न घरजग्गा व्यवसायीले माग गर्दै आएका छन् ।


प्रकाशित : श्रावण ७, २०८० १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?