२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

बैंकको कर्मचारी भन्दै ओटीपी, पिन मागेमा नदिनू : नेपाल राष्ट्र बैंक

काठमाडौँ — आफूलाई बैंकको कर्मचारी बताउँदै कसैले ओटीपी (वन टाइम पासवर्ड), पिन वा अन्य कुनै नम्बर उल्लेखित म्यासेजका विवरण मागेको खण्डमा नदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले विगत केही समयदेखि अनधिकृत व्यक्तिले आफूलाई बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी बताउँदै ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्नका लागि ओटीपी वा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज विवरण मागेर रकम चोरी गरेकाे पाइएको जनाएको छ ।

बैंकको कर्मचारी भन्दै ओटीपी, पिन मागेमा नदिनू : नेपाल राष्ट्र बैंक

‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याई खाताबाट रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ’ सूचनामा भनिएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि जोकाेहीले म्यासेजमा आएको नम्बर वा विवरण उपलब्ध नगर्न/नगराउन राष्ट्र बैंकले आग्रह गरेको छ । यस्ता घटना घटाएमा वा घटाउनका लागि कसैले उत्प्रेरित गरेमा सोको जानकारी तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थामा दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।


प्रकाशित : जेष्ठ ३२, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?