बजेटमार्फत अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिनेछ : अर्थमन्त्री 

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिने बताएका छन् । प्रतिनिधिसभामा आइतबार बिनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै महतले आगामी बजेट रोजगारी सिर्जना गर्ने, सुशासन तथा सेवा प्रवाह सुधारमा केन्द्रित रहने बताए । 

बजेटमार्फत अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिनेछ : अर्थमन्त्री 

मुलुकको अर्थतन्त्र र बजेट प्रणालीमा केही समस्या रहेको उनले औंल्याए । ‘लक्ष्यअनुसार राजस्व परिचालन हुन सकेको छैन । साधारण खर्च बढ्दै गएको छ । वित्त सन्तुलनमा चाप परेको छ’ उनले भने ‘उत्पादन, ब्यापार, निर्माण क्षेत्रमा आएको सुस्तताले आर्थिक वृद्धि न्यून हुने देखिएको छ ।’ सार्वजनिक ऋणको दायित्व बढ्दो रहेको र पुँजीगत खर्च न्यून हुँदा खर्चको प्रभावकारिता बढ्न नसकेको महतले बताए ।

बढ्दो ब्याजदर, बढ्दो ब्यापार घाटा, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको जोखिमजस्ता चुनौती अर्थतन्त्रमा विद्यमान रहेको भन्दै उनले आगामी बजेटमार्फत समस्या समाधान गरिने दाबी गरे । अनुत्पादक क्षेत्रमा खर्च कटौती गरी निजी क्षेत्रको मनोबल वृद्धि गर्ने खालको बजेट ल्याइने उनको भनाइ छ । ‘उत्पादनमूखी अर्थतन्त्रको आधार निर्माण गर्न बजेट केन्द्रित हुनेछ । वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता कायम गरिनेछ’ महतले भने । वित्त घाटालाई वाञ्छित सीमाभित्र राखिने र निर्यात प्रवर्द्धन गर्ने तथा रोजगारीमा जोड दिइने उनले बताए । स्टार्टअपलाई प्रोत्साहन, औद्योगिक उत्पादनमा जोड दिइने, स्वदेशी र विदेशी लगानी बढाउन आवश्यक नीतिगत सुधार गर्ने, कृषि तथा जलविद्युतमा तत्कालै लाभ मिल्ने आयोजनालाई प्राथमिकता दिने उनले बताए ।

पूर्णपाठ-

प्रकाशित : वैशाख २४, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x