२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सेयर बजारमा कारोबार रकम घट्यो, परिसूचकमा सुधार

काठमाडौँ — सोमबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन ७५ करोड १३ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । आइतबार ८२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकम सामान्य घट्दा परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ ।

सेयर बजारमा कारोबार रकम घट्यो, परिसूचकमा सुधार

नेप्से २.७१ अंक बढेर १८८८ मा कायम भएको छ । यसअघि हिजो १८ अंकले नेप्से घटेको थियो । १२० कम्पनीको मूल्य बढ्दा ८५ कम्पनीको घट्यो भने १५ को स्थिर रहृयो । बैंकिङ उपसमूह ०.१६, होटल तथा पर्यटन ६५ र निर्जीवन बीमा उपसमूह १९ अंक घटे ।

विकास बैंक २४, फाइनान्स ७, जलविद्युत् ७, जीवन बीमा ८२, उत्पादन २५, माइक्रोफाइनान्स ३, अन्य ४ र ब्यापार उपसमूह ४ अंक बढे । कालिन्चोक दर्शनको मूल्य सबैभन्दा धेरे ९.६ प्रतिशत घट्यो । पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ८.१ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कालिन्चोक दर्शन, शिवम् सिमेन्ट, नबिल बैंक, एनआईसी एसिया बैंक र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।


प्रकाशित : वैशाख ११, २०८० १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?