कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

देशभर ४ करोडभन्दा बढी कित्ता

सीमा तामाङ

काठमाडौँ — गत पाँच वर्षको तथ्यांक देखाउँदै हरेक वर्ष जग्गा खण्डीकरण तीव्र हुँदै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्ण भण्डारी बताउँछन् । ‘सालना बढेको कित्ताकाटको संख्या मालपोत र भूमि सुधार कार्यालयहरू अनलाइनमा जोडिँदै जाँदा प्रस्टिँदै गएको हो,’ उनले भने ।

देशभर ४ करोडभन्दा बढी कित्ता

उनका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ५१ हजार ७ सय ७२ कित्ता टुक्र्याई १ लाख ३४ हजार २ सय २२ वटा बनाइएकामा ०७८/७९ मा ६ लाख ९४ हजार २ सय १३ कित्ताबाट १६ लाख १२ हजार १ सय ३५ कित्ता बनाइएको छ । देशभर अहिले ४ करोडभन्दा बढी कित्ता छन् ।

देशभर वन, पाखा, खेतबारीमा प्लटिङ जारी छ । आफूखुसी प्लटिङ गर्ने सबै व्यक्ति वा कम्पनी सरकारी दायरामा आएका छैनन् । भक्तपुरमा मात्र ८० भन्दा बढी कम्पनी र व्यक्तिले बिनास्वीकृति ११ सय ४४ रोपनी जग्गा कित्ताकाट गरेको अनुमान छ । ३३ वटा योजनाले मात्र जग्गा प्लटिङका लागि स्वीकृति लिएको जिल्ला आयुक्त कार्यालय, भक्तपुरका आयुक्त कृष्ण महर्जनले जनाए ।

जथाभावी जग्गा प्लटिङ भइरहेको सूचना पाएपछि गत वर्षको माघ ६ मा सूचना जारी गरिएको उनी बताउँछन् । त्यसयता अनुगमन पनि बढाएको उनको दाबी छ । नियमपूर्वक योजना स्वीकृति नगराई कित्ताकाट गर्ने, प्रक्रियामा नआउने कम्पनी तथा व्यक्तिको जग्गा रोक्का तथा जरिवाना गर्ने कानुनी व्यवस्था छ । ‘तर कम्पनी वा व्यक्तिले कति कित्ता नम्बरको जग्गा प्लटिङ गरे भनेर खुट्याउन समस्या हुँदा कारबाहीको दायरामा ल्याउन सकिएको छैन,’ महर्जन भन्छन् । यता जिल्ला आयुक्त कार्यालय ललितपुरले गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाभित्रका ७३ वटा प्लानिङ मापदण्डविपरीत भन्दै घडेरी खरिदकर्तालाई सचेत गराउन सूचना जारी गरेको छ । ललितपुरमा १०४ कम्पनी र व्यक्तिले जग्गा प्लटिङ स्वीकृति लिएका छन्, त्यसबाहेक अरू सबै मापदण्डविपरीतका हुन् ।

प्रकाशित : पुस २३, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×