तिलगंगामा जयन्ती कोष स्थापना


काठमाडौँ — तिलगंगा आँखा प्रतिष्ठानमा फेलोसिप गर्ने नेत्र चिकित्सकमध्ये एक जनालाई फेलोसिप तालिम शुल्क उपलब्ध गराउन सहयोग पुग्ने गरी समाजसेवी जयन्ती लम्सालले ५१ लाख रुपैँयाको कोष स्थापना गरेकी छन् ।


तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत रहने जयन्ती लम्साल अक्षयकोषको स्थापनासम्बन्धी सम्झौतामा प्रतिष्ठानका कार्याकारी निर्देशक डा. सन्दुक रुइत र कोष संस्थापक लम्सालले हालै हस्ताक्षर गरेका छन् ।
स्थापित अक्षयकोषको ब्याजबाट एक जना फेलोका लागि अध्ययन/तालिमको खर्च बेहोरिने र यसमा अपुग भएमा प्रतिष्ठानको आन्तरिक कोषबाट सोधभर्ना गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।