काठमाडौँ — नेपाल पर्यटन बोर्डले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय क्षेत्रका अभियन्ता सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको छ ।
शुक्रबार पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्गीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा पन्तलाई एम्बेसडर घोषणा गरिएको हो ।
उक्त परामर्शले पर्यटन मार्फत यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायका व्यक्तिको जीविकोपार्जनमा सहयोग गर्ने उदेश्य राखिएको छ । पन्तले आफुलाई समलिङ्गी भनेर चिनाउँछन् ।
उनी पहिलो संविधान सभाका सभासद् पनि थिए । विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नेपाल सुरक्षित र समावेशी पर्यटकीय गन्तव्य हुन सक्ने पन्तले बताए ।
प्रकाशित : माघ ६, २०८० १४:०५