काठमाडौँ — माओवादी केन्द्रको सहायक संगठन वाइसिएलको उपभोक्ता हकहित संरक्षण विभागद्वारा आयोजित बृहत् वक्तृत्वकला प्रतियोगिताका विजयीलाई मंगलबार पुरस्कार प्रदान गरिएको छ ।
'जनयुद्धका उपलब्धी' विषय आयोजित प्रतिगोगितामाका आशा उपकोट प्रथम, शिबु क्षेत्री द्वितीय र सम्झना राई तृतीय भए ।
उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार प्रदान गरे । प्रथमलाई ५५ हजार द्वितीयलाई ३५ हजार र तृतीयलाई २० हजार नगद र प्रमाण पत्र प्रदान गरियो । सहभागीहरुले पठाएका भिडियोहरु वाइसिएलले फेसबुक पेजमा राखेको थियो । त्यो पेजमा आएका लाईक, कमेन्ट, सेयर र भ्युजको आधारलाई ५० प्रतिशत र अर्को ५० प्रतिशत प्रतिस्पधीले प्रस्तुत गरेको विषयवस्तु र प्रस्तुति कलालाई आधार मानेर छनौट गरिएको थियो ।
फरक क्षमताको रुपमा प्रस्तुत गरेकी आईतमायस तामाङलाई १० हजार र दुई फरक भाषाका भिडियो पठाउने फरन अली र रुपम कर्नलाई ५ हजार प्रदान गरिएको थियो । निरुता ओलीलाई सर्वाधिक रुचाईएक आधारमा १० हजार प्रदान गरिएको थियो ।
प्रकाशित : फाल्गुन १, २०८० २०:००