एसईई दिएर बसेकालाई जेभियरको सेमिनार

कान्तिपुर संवाददाता

काठमाडौं — जेभियर इन्टरनेशनल कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर सेमिनार आयोजना गरेको छ । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सेमिनारको आयोजना गर्दै कलेजले एसईई दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने र कसरी विषय छान्ने भन्नेलगायतका शीर्षकमा सुझाव र सल्लाह दिएको थियो । सेमिनारमा एसईईको रिजल्ट पर्खेर बसेका करिब १५ सय विद्यार्थीहरु सहभागी थिए ।

कलेजका प्रधानाध्यापक दिपेन दाहालले एसईई दिएर बसेका विद्यार्थीहरुलाई बधाई दिँदै एसईईपछि विद्यार्थीहरु के पढ्ने ? भन्ने विषयमा अनभिज्ञ हुने भएकाले विद्यार्थीहरुले आफ्नो करिअरका लागि राम्रो कलेज र विषय छान्न सुझाए । उनले भने, 'सबैलाई एसईई पछि के पढ्ने, कस्तो विषय रोज्ने र कुन विद्यालयमा पढ्ने भन्ने चिन्ता हुन्छ । यसको लागि आफ्नो रोजाई के हो र रुची कुन विषयमा हो त्यसमा स्पष्ट हुनुपर्छ । अनि बल्ल कलेज छान्नु पर्छ ।'

सेमिनारमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले उपस्थित विद्यार्थीहरुलाई भविष्य निर्माणका लागि स्तरीय शिक्षा दिने विद्यालय रोज्न पर्ने बताए । जीवनको बाटो कता लैजाने भन्ने तय गर्ने खुड्किलो एसईईपछिको अध्ययन भएकोले सोचेर र विचार गरेर मात्रै विषय एवं कलेज छान्न उनले विद्यार्थीलाई आग्रह गरे ।

प्रकाशित : वैशाख २९, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष चार मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथ लिनेमा कांग्रेसबाट महेन्द्रध्वज जीसी, जीतप्रकाश आलेमगर र दीपेन्द्रबहादुर थापा तथा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली छन् । जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरुलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् ।

नेकपा एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानीमन्त्रालयको जिम्मा दिएका छन् ।

प्रकाशित : वैशाख २९, २०८० १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×