राउन्ड टेबल नेपालद्वारा हजार विद्यार्थीलाई छात्रवृत्ति 

कान्तिपुर संवाददाता

काठमाडौँ — राउन्ड टेबल नेपालले हजार छात्रछात्राहरुलाई एकैसाथ छात्रवृद्धि वितरण गरेको छ । काठमाडौं, विराटनगर, धनगढी, हेटौंडा, विरगन्जलगायत १२ वटा सहरमा कार्यक्रम आयोजना गरी छात्रवृद्धि प्रदान गरेको हो । 

काठमाडौंको शंखरापुर नगरपालिकास्थित जुनकिरी सामुदायिक विद्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानामगरले छात्रवृत्ति वितरण गरिन् । सो अवसरमा बोल्दै उनले राउन्ड टेबल नेपालले शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष राहुल अग्रवालले देशभरका विद्यार्थीहरुलाई एकैसाथ छात्रवृत्ति वितरण गरिएको बताए । सोही अवसरमा उपसभामुख रानामगरले सोही विद्यालयमा शौचालयको शिलान्यास गरेकी थिइन् ।

त्यसैगरी विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका १४ निजी एवं सामुदायिक विद्यालयका ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्ति प्रदान गरेका थिए । सो कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव दिवस सुवेदीले देशभरिका ६५ वटा स्कुलको भौतिक संरचना निर्माण गरिसकेको जानकारी गराएका थिए ।

प्रकाशित : वैशाख १३, २०८० २१:४३
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको बुधबार वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । 

वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गंगाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) रहेका छन् ।

उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) छन् ।

विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीनानाथ बरालले बताए ।

मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही ३५ हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ । सोही दिन लाइफटाइम अचिभमेन्ट विधामा पनि सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइने अध्यक्ष बरालले जानकारी दिए ।

प्रकाशित : वैशाख १३, २०८० २१:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×