जेभियर कलेजमा विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी- अन्य - कान्तिपुर समाचार

जेभियर कलेजमा विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजले बिहीबारदेखि  विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी  आयोजना गरेको हो । प्रदर्शनीमा २० वटा स्टल छन् । ती स्टलहरुमा अचारसँग सम्बन्धित, सिँचाइ, खाना र पर्यटनसँग सम्बन्धित विभिन्न स्टल रहेको कलेजले जनाएको छ । 

प्रदर्शनीको बिहीबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले उद्घाटन गरे ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि जरुरत आविष्कारका विषय देखाउनका लागि प्रदर्शनीको आयोजना गरिएको विद्यार्थी समर रञ्जितले बताए । त्यस्तै दिगो विकास लक्ष्यका उद्देश्यहरु पूरा गर्न विज्ञान, सूचना प्रविधि र व्यापारले कसरी सहयोग गर्छ भन्ने विषय पनि प्रदर्शनीमा देखाइने उनले जानकारी दिए ।


उनले भने ‘दिगो विकासलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, दिगो विकास लक्ष्यको उद्देश्यहरु कसरी प्राप्त गर्न सक्छौँ र त्यो प्राप्त गर्न हामीले के–के आविष्कार गर्नुपर्ला ? त्यसका लागि व्यापारले कसरी सहयोग गर्छ ? विज्ञानले कसरी सहयोग गर्छ ? र सूचना प्रविधिले कसरी सहयोग गर्छ ? ती विषय देखाउनको लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’ प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।


प्रकाशित : चैत्र २, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

पहिरो खसेर सिन्धुलीमा एक जनाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर बिहीबार दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।

ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×