कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी केही दिनमै सरकारमा जान्छौं : लक्ष्मणलाल कर्ण

'दुई–चार दिनमा हामी सरकारमा जान्छौं । अहिले ८ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी प्रधानमन्त्रीसँग भइसकेको छ । '

काठमाडौँ — राजनीतिक स्थिरताका लागि ‘थ्रेसहोल्ड’ सहितका कानुनी प्रबन्ध गरिए पनि एक आवधिक निर्वाचन नसकिँदै दलहरू विभाजनकै चक्रव्यूहमा परेका छन् ।

हामी केही दिनमै सरकारमा जान्छौं : लक्ष्मणलाल कर्ण

नेकपापछि जनता समाजवादी पार्टी (जसपा) प्राविधिक रूपमा एक भए पनि मंगलबारदेखि व्यावहारिक रूपमा फुटेको छ । यसै सन्दर्भमा वरिष्ठ नेता लक्ष्मणलाल कर्णसँग गरिएको कुराकानी :

निष्कासनको घटनाले पार्टी विभाजन भएकै हो ?

अब एक ठाउँमा बस्न नसक्ने र आ–आफ्नो बाटो लाग्ने अवस्था बनेको हो ।

तपाईंहरूसँग पार्टी र संघीय संसद्का रूपमा रहेको राष्ट्रिय सभामा ४० प्रतिशत पनि छैन । कसरी पार्टी विभाजन गर्नुहुन्छ ?

हामीले किन विभाजन गर्ने ? उहाँहरू (यादव पक्ष) नै जानुहुन्छ ।

यादव पक्षसँग त केन्द्रीय कार्यकारिणी समितिमा बहुमत छ भने कसरी उहाँहरू जाने कुरा हुन्छ त ?

उहाँहरू कहिले २७ जना त कहिले ३१ जनाको कुरा गर्नुहुन्छ । उहाँहरूसँग बहुमत छैन ।

अब तपाईंहरूले पुरानै पार्टी राजपा ब्युँताउने हो ?

अहिले त्यतातिर हामी गएका छैनौं । निर्वाचन आयोगमा विवाद जाला । उसले के गर्छ, हेर्नुपर्छ । हुन त नेकपाको विवादकै बेला निर्वाचन आयोगले के गर्‍यो भन्ने देखिइसकेको छ । जसपा एक नरहने स्थिति उपेन्द्रजीले सिर्जना गर्नुभयो । त्यसैले पार्टी विभाजन उहाँहरूले गर्नुहुन्छ, हामी गर्दैनौं ।

पार्टीमा लफडा हुँदाहुँदै ओली नेतृत्वको सरकारमा जाने टुंगो लागिसकेको हो ?

हो, दुई–चार दिनमा हामी सरकारमा जान्छौं । अहिले ८ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी प्रधानमन्त्रीसँग भइसकेको छ । मन्त्रालयमा कुन दिने कुन राख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा हो । त्यसमा टुंगो लाग्नासाथ सरकारमा जान्छौं ।

प्रकाशित : जेष्ठ १९, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?