कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मुहार फेर्दै महेन्द्र पुस्तकालय

रासस

राँझा‚ बाँके — नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४ वर्ष नेतृत्वविहीन हुनपुग्यो ।

मुहार फेर्दै महेन्द्र पुस्तकालय

गतवर्ष पुस्तकालयको अधिवेशनबाट निर्वाचित बलराम यादव नेतृत्वको कार्यसमितिले पुस्तकालयको संस्थागत विकासदेखि भौतिक रुपमै मुहार परिवर्तन गर्ने काम गरेको छ ।

झन्डै ३८ वर्ष शिक्षण पेसामा योगदान गरेका यादवले आफुले हासिल गरेको अनुभव र सम्बन्धलाई पुस्तकालयमा राम्ररी सदुपयोग गर्दै एक वर्षको अवधिमा पुस्तकालयलाई नयाँ स्वरुप दिने गरी काम गरेका छन् । गतवर्ष असोज २५ गते नयाँ कार्यसमितिले कार्यभार सम्हालेपछि जीर्ण अवस्थामा रहेको पुस्तकालयको भौतिक संरचना मर्मत, सुधार, पुस्तक व्यवस्थापन, सरसफाइ, शौचालय र पानीको व्यवस्था, पुस्तकालयको गेट र वाचनालयलाई व्यवस्थित गर्ने काम गरेको यादवले बताए ।

पुस्तकालयले अहिले नियमित रुपमा साहित्य कार्यक्रम गर्दै आएको छ । हरेक महिनाको एक पटक बाँकेका बहुभाषिक साहित्यकारको जमघट हुने थलो पुस्तकालय बनेको छ । विगतमा ५० जना आजीवन सदस्य रहेकामा अहिले समितिमा दुई सय २२ आजीवन सदस्य रहेका छन् । आजीवन सदस्यको शुल्कबाट उठेको रकम मुद्दति खातामा राखिएको छ । पुस्तकालयले आफ्नो योजनाअनुसार काम गर्नका लागि विभिन्न निकायसँग चन्दा र सहयोग लिने गरेको अध्यक्ष यादवले उल्लेख गरे । आफ्नो कार्यकालमा अध्यक्ष यादवले पुस्तकालयको पाँचतले भवन निर्माण गर्ने योजना अगाडि बढाएका हुन् ।

‘पुरानो भवन निकै जीर्ण अवस्थामा रहेकाले अब नयाँ भवन निर्माणमा कार्यसमितिले तयारी सुरु गरिसकेको छ,’ यादवले भने, ‘पुस्तकालयमा ई-लाइब्रेरी, बालबालिका लाइब्रेरी र ज्येष्ठ नागरिकलाई भिडिओसहितको लाइब्रेरी सञ्चालन गर्ने पनि योजना रहेको छ ।’

प्रकाशित : भाद्र १७, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×