काठमाडौँ — विश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाहरुका लागि अभिमुखीकरण गराइएको छ । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ ।
रसियन हासउमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तयारी समिति (एनपीसी) का अध्यक्ष सुदिप शर्माले विश्व युवा महोत्सवमा सहभागीलाई गर्न हुने र नहुने विषयमा जानकारी गराएका थिए । उक्त महोत्सवमा नेपालबाट १ सय २५ जना सहभागी हुने एनपीसीका अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा नेपालस्थित रसियाका राजदूत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम अधिृकत एलेक्जेन्डरले महोत्सवमा जाने युवाहरुलाई शुभकामना दिए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का युवा नेता सुदेश पराजुली, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट युवा नेता प्रकाश सी लगायतका युवा नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी, पत्रकार, इन्जिनियर लगायतको उपस्थिति थियो ।
१ सय ९० देशका २५ हजारभन्दा बढी युवा सहभागी हुने महोत्सवमा नवपर्वतन, युवाको नविनतम सोच र विश्वमा युवाको आगामी धारणाका सन्दर्भमा बहस हुनेछ । युवा महोत्सवलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्ने कार्यक्रम छ ।
