कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभाग र गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखराले प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला आयोजना गरेका छन् । 

पोखरामा प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला

पोखरामा शनिबार आयोजित कार्यशालामा प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले क्यानभासमा चित्र कोरेर कार्यक्रमको सुरुवात गरेका थिए । पोखराजस्तो सुन्दर नगरीमा कार्यक्रम हुनु अत्यन्तै महत्त्वपूर्ण रहेको जनाउादै उनले यसले कलाको विकासमा ज्यादै महत्त्व राख्ने बताए । उनले भने, ‘जुन देशमा कलाको विकास हुन्छ, त्यो देश समृद्ध हुन्छ ।’


चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले कला क्षेत्रमा लागेका कलाकारहरूलाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यचन्द्र बिखर्ची, प्रज्ञा–प्रतिष्ठान शिल्पकला विभागका प्रमुख बुद्धि गुरुङलगायतको उपस्थिति रहेको कार्यक्रममा बाबुराम बस्ताकोटी, युवराज लामिछाने, शिव सिर्पाली, माधव शाही, सुरेन्द्र अधिकारी, देवेन्द्र थुम्केलीलगायत ४० जना कलाकार सहभागी थिए ।


प्रकाशित : कार्तिक ७, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?