कलामा मौलिकताको बहस- कला - कान्तिपुर समाचार

कलामा मौलिकताको बहस

कान्तिपुर संवाददाता

काठमाडौँ — समय र समकालीन जीवनलाई झल्काउने नेपाली कलाहरुबारे सर्जक तथा समीक्षकहरुले चर्चा गरेका छन् । राष्ट्रिय ललितकला प्रर्दशनी २०७९ को सन्दर्भमा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागले बिहीबार नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयमा बहस आयोजना गरेको हो ।

कार्यक्रममा अभि सुवेदी, प्रतिष्ठानका कुलपति के.के कर्माचार्य, विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, सदस्य सचिव विपिनकुमार घिमिरे, यमप्रसाद शर्मा लगायतले समसामयिक कलाबारे चर्चा गर्दै मुलुकमा सिर्जनाका मौलिक पक्ष र महत्वबारे आ–आफ्ना धारणा राखे । शर्माले पश्चिमा र पूर्वीया दर्शनबीच रहेका मौलिकताको पहिचानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । विभिन्न समयमा बनेका चित्रकलाहरु, पश्चिमाहरुले प्रयोग गर्ने शैली र रङहरु, विश्वप्रसिद्ध चित्रकारका चित्रहरु र त्यसमा प्रयोग भएका शैलीहरुका विषयलाई उनले कार्यपत्रमा समेटेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै गणेश जीसीले नेपाली कला संस्कृतिलाइ पश्चिमाहरुले भारतीय आँखाले हेरेको गुनासो गरे । सुवेदीले नेपाली नेपालीकला र संस्कृतिलाई अगाडि बढाउन ओझेलमा परेका कलाहरुका खोज अनुसन्धान गरिनु जरुरी रहेको सुनाए । उनले भने ‘ललितकलाले निकै नै प्रगति गरेको रहेछ । यसले अध्ययन अनुसन्धानको पाटोलाई अगाडि बढाएको देखिन्छ । यसर्थ हाम्रो मौलिक कला, परम्परा, संस्कृतिको व्यापक रुपमा खोज अनुसन्धान बहस चलाउनु जरुरी छ ।’


प्रकाशित : वैशाख २५, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

रंगेलीका उम्मेदवारलाई ७ बजेपछि प्रचारमा हिँड्न रोक

विनोद भण्डारी

विराटनगर — चुनाव प्रचार प्रसारका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताहरूले पटक पटक झडपको स्थिति सिर्जना गरेपछि मोरङको रंगेली नगरपालिकामा निर्वाचन कार्यालयले उम्मेदवारलाई आइतबारदेखि साँझ ७ बजेपछि आफ्नो वडा बाहेकका स्थानमा जान रोक लगाएको छ ।

निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले आइतबार सर्वदलीय बैठकको आयोजना गरी निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्न र्‍याली ननिकाल्न, डिजे प्रयोग नगर्न, उम्मेदवारलाई साँझ ७ बजेपछि आफ्नो वडाभन्दा बाहिर जान रोक लगाएको जानकारी दिए ।

सबै दलका उम्मेदवार तथा नेताले सर्वलदीय बैठकमा सहमति जनाएको बताइएको छ । काफ्लेले भने सहमति उल्लंघन गरेमा आयोगले कारबाही गर्ने बताए ।

चुनाव प्रचार प्रसारका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताले एकले अर्कोलाई रोक्ने, सवारी साधन नियन्त्रणमा लिने र व्याक्तिको गोजी र पर्स चेक गर्ने क्रम बढेपछि दुई पक्षीय झडपलाई नियन्त्रण गर्न निर्वाचन आचारसंहितामा कडाइ गरिएको काफ्लेले बताए ।

कांग्रेसका कार्यकर्ताले रंगेली ८ को चाइना गेटमा चुनाव प्रचार प्रसार गर्दै गरेका एमालेका दर्जन बढी कार्यकर्तालाई शुक्रबार घेराउ गरेर उनीहरुको सवारी साधन नियन्त्रणमा लिनुका साथै रकमसमेत जफत गरेपछि स्वस्थ चुनाव प्रचार प्रसार प्रभावित बनेको थियो । त्यस घटनालाई साम्य पार्न पुगेका एमाले प्रदेश सदस्य मनोज अग्रवाललाई समेत कांग्रेस कार्यकर्ताले र्दुर्व्यवहार गरेको एमाले कार्यकर्ताको गुनासो छ ।

त्यसको विरोधमा एमाले कार्यकर्ताले शनिबार वडा ३ रन्जनीमा कांग्रेसका नगर सभापति जगनाथ मण्डलसहित क्षेत्रीय प्रतिनिधि चढेको गाडी नियन्त्रणमा लिएर उनीहरुलाई खानतलासी गरी सय-सय रुपैयाँ खाममा हालेको तीन वटा खाम नियन्त्रणमा लिएर गाडी प्रहरीलाई बुझाएका थिए । उक्त गाडी रंगेली प्रहरीले आइतबार कांग्रेसलाई फिर्ता दिएको छ ।

रंगेली नगरपालिकाको मेयरमा एमालेबाट निवर्तमान मेयर दिलिप बगोडिया र कांग्रेसबाट जिल्ला सचिव मोदराज घिमिरे चुनावी मैदानमा छन् । पछिल्लो समय दुवै दलका कार्यकर्ताले एक अर्काको कार्यक्रम भाँड्ने अभियान सुरु गरेका थिए ।

प्रकाशित : वैशाख २५, २०७९ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×