कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बाबुको संगीत छोरीको स्वर

काठमाडौँ — ‘मातृ देवो भव !
पितृ देवो भव !
गुरु देवो भव...!’ अर्थात् संसारमा जन्म दिने आमा, बुबा र शिक्षा दिने गुरु भगवान् सरह हुन्छन् भन्ने गहन भाव अहिलेका नयाँ पुस्तामा हराउँदै गएको जब उनले महसुस गरे, तब त्यसलाई संगीतमा उतार्ने जमर्को गरे । उनको त्यही प्रयासमा तयार भएको छ, गीत ‘मिसले सोध्नु भो ।’

बाबुको संगीत छोरीको स्वर

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारका महान् पात्रहरू आमा, बुबा र गुरुलाई समर्पित गर्दै ‘मिसले सोध्नु भो’ बोलको गीत सार्वजनिक गर्दै छन् । नयाँ वर्षका अवसर पारेर वैशाख २ गते आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरिने शर्माले बताए । गीतमा शब्द तथा स्वर शर्माकी छोरी स्वीकृति शर्माको छ । कक्षा १० मा अध्ययनरत स्वीकृतिले ‘फूलबुट्टे सारी’ लगायतका कभर गीतहरू गाएकी छन् भने संगीत शिक्षक प्रभुराज ढकालसँग संगीत प्रशिक्षण लिइरहेकी छन् ।

छोरी स्वीकृतिले सुरुमा कविताका रूपमा कापीमा उतारिएका शब्दहरूलाई नै संगीत कम्पोज गरिएको शर्माले सुनाए । उनका अनुसार गीतमा सामान्यतया विद्यालयमा शिक्षकशिक्षिकाले बालबालिकाहरूलाई भविष्यमा के बन्छौ जस्ता प्रश्न गर्ने गर्दा

भगवान्लाई चिनाउने क्रममा आमा, बुबा र गुरु नै भगवान् हुन् भन्ने भाव बुझाउन खोजिएको छ । ‘छोरीले उनकी आमाले बोल्ने बोलीचालीकै भाषामा कविता लेखेकी रहिछिन्,’ शर्माले भने, ‘केही शब्दहरू परिमार्जन गरेर मैले कम्पोज गरेको हुँ ।’ गीतको संगीत संयोजन मनोहर सुनामले गरेका छन् । उनका अनुसार औपचारिक रूपमा सार्वजनिक हुन लागेको स्वीकृतिको यो पहिलो गीत हो ।

नवल नेपालको निर्देशनमा गीतमा म्युजिक भिडियोका लागि उपत्यकाकै केही विद्यालयमै सुटिङ गरिएको शर्माले बताए । मदन काश्यप घिमिरेको छायांकन रहेको भिडियो सम्पादन जीवन थापाले गरेका छन् । गीतमा स्वीकृतिसँगै गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमिरेलगायत कलाकारहरूको अभिनय छ ।

हाल मानिसहरू आधुनिकतासँगै संयुक्तबाट एकल परिवारमा जाने क्रम बढ्दो छ । पारिवारिक विगठन तथा प्रविधिसँग नजिक भइरहेका अहिलेका नयाँ पुस्तालाई गीतले परिवार र अग्रज सदस्यहरूको महत्त्व बुझाउन सहायता पुर्‍याउने शर्माको बुझाइ छ । उनले भने, ‘आमाबुबा र गुरुलाई भगवान् रूपमा पुजिने हाम्रो संस्कृति तथा समाजको नियमलाई गीतको भावले छोएको छ ।’

प्रकाशित : वैशाख १, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?