कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कमला ह्यारिसको प्रश्न : पूर्वअभियोजक र एक दोषी अपराधी कसलाई छनोट गर्ने ? 

काठमाडौँ — अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धालाई आक्रामक रूपमा अघि बढाएकी छन् । उनले आफ्नो ह्वाइट हाउस अभियानको पहिलो र्‍यालीमा ट्रम्पविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएकी हुन् ।

कमला ह्यारिसको प्रश्न : पूर्वअभियोजक र एक दोषी अपराधी कसलाई छनोट गर्ने ? 

उनले आगामी नोभेम्बरको चुनावलाई पूर्व अभियोजक र एक दोषी अपराधीबीचको छनोटको रुपमा रहेको बताइन् ।

विस्कन्सिन राज्यको ब्याटलफिल्ड मैदानमा बुधबार करिब ३ हजार जनताको भीडलाई सम्बोधन गर्दै ह्यारीले आफ्नो तुलना रिपब्लिकन पार्टीका उमेदवार ट्रम्पसँग गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । ह्यारिसले भनिन्,‘तपाईंहरू पूर्वअभियोजक र एक दोषी अपराधी कसलाई छनोट गर्ने?’

ट्रम्पले भने सोसल मिडियामा ह्यारिसले जे छोए त्यो नष्ट हुने टिप्पणी गरेका छन् । राष्ट्रपति जो बाइडेनले आफू दोस्रो कार्यकालको प्रतिस्पर्धाबाट पछि हटेपछि ह्यारिस डेमोक्रेटिक पार्टीबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

ह्यारिस यसअघि क्यालिफोर्निया राज्यको महान्यायाधिवक्ताका रूपमा काम गरिसकेकी छन् । ह्यारिसले भनिन्, ‘मैले सबै प्रकारका अपराधीहरूलाई समात्छु । महिलालाई दुर्व्यवहार गर्नेहरूलाई, उपभोक्ता ठग्नेहरूलाई तथा आफ्नै फाइदाको लागि नियम तोड्ने ठगहरूलाई समात्छु ।’

प्रकाशित : श्रावण ९, २०८१ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×