कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् १९९९ मा आजकै दिन : कोसोभो युद्ध अन्त्य

काठमाडौँ — सन् १९९९ मा आजकै दिन (जुन १०) मा कोसोभो युद्ध अन्य भएको थियो । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को हस्तक्षेपपछि करिब १६ महिना लामो युद्ध अन्त्य भएको थियो । 

सन् १९९९ मा आजकै दिन : कोसोभो युद्ध अन्त्य

तत्कालीन युगोस्लाभियाअन्तर्गत पर्ने कोसोभो कुनै समय सर्बियाको स्वशासित प्रान्त थियो । तर १९८९ मा सर्बियाका राष्ट्रपति स्लोभोदान मिलोसेभिचले सर्बियाको उक्त हैसियत खारेज गरिदिए ।

उक्त निर्णयपछि आदिवासी अल्बानियालीहरू सर्बियालाई पूर्ण स्वतन्त्र बनाउन आन्दोलनमा उत्रिए । जसका कारण कोसोभो लिबरेसन आर्मी र सर्बियन फौजबीच १९९८ फेब्रुअरी २८ देखि युद्ध भएको हो । १९९० मा गठन भएको कोसोभो लिबरेसन आर्मी कोसोभोमा रहेका आदिवासी अल्बानियानीहरूको सैन्य समूह हो ।

दुई पक्षबीच युद्ध चर्केसँगै शान्ति स्थापनाका लागि एक सम्झौता तयार पारियो । कोसोभो पक्षले सम्झौतामा हस्ताक्षर गरे पनि सर्बियन पक्षले अस्वीकार गर्‍यो ।

त्यसलगत्तै नेटोले दुई महिनाभन्दा लामो समयसम्म भयानक आक्रमण गरेपछि सर्बियाका राष्ट्रपति मिलोसेभिचले आफ्नो देशको सेना फिर्ता गरेका थिए ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×