कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुजरातको राजकोटमा गेमजोनमा आगलागी : कम्तीमा २७ जनाको मृत्यु

एजेन्सी

काठमाडौँ — भारतको गुजरात राज्यको राजकोटमा टीआरपी गेम जोनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ४ बजेतिर राजकोटको मावारोडस्थित टीआरपी गेम जोनमा आगो लागेको हो । 

गुजरातको राजकोटमा गेमजोनमा आगलागी : कम्तीमा २७ जनाको मृत्यु

राजकोट प्रहरी आयुक्तका अनुसार मृत्यु हुनेहरूमा बालबालिकासमेत रहेका छन् । अझै केहीको मृत्यु भएको र शव निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाइतेकोहरूको उपचारमा प्राथमिकता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई ४ लाख रुपैयाँ र घाइतेलाई तत्काल ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।


प्रकाशित : जेष्ठ १३, २०८१ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?