कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सन् २०१५ मा आजकै दिन : नोबेल विजेता ग्रासको निधन

काठमाडौँ — सन् २०१५ मा आजकै दिन (अप्रिल १३) मा नोबेल पुरस्कार विजेता गुन्टर ग्रासको निधन भएको थियो । जर्मन साहित्यकार ग्रासले १९९९ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए ।

सन् २०१५ मा आजकै दिन : नोबेल विजेता ग्रासको निधन

१९२७ अक्टोबर १६ मा (हालको पोल्यान्ड) मा जन्मिएका ग्रासले १३ वर्षको उमेरमा उपन्यास लेखेका थिए । १६ वर्षको उमेरमा दोस्रो विश्वयुद्धमा होमिएका उनी घाइतेसमेत भएका थिए । १९४५ मा उनलाई अमेरिकाले युद्धबन्दी बनाएको थियो । १९४६ मा मुक्त भएका ग्रासले त्यसपछि इटाली र फ्रान्सको भ्रमण गरेका थिए ।

ग्रास १९५९ मा प्रकाशित टिन ड्रमबाट उपन्यासकारका रूपमा चर्चामा आएका थिए । उनका ‘क्याट एन्ड माउस’, ‘द डग एयर्स’, ‘लोकल एनेस्थेटिथक’, ‘द मिटिङ एट टेलगेट’ ‘द कल अफ द टोड’ चर्चित छन् । उपन्याससँगै ग्रासले कविता र नाटकसमेत लेखेका छन् । ग्रासले ‘हाई टाइड’, ‘अंकल अंकल’, ‘द विक्ड कुक्स’ लगायतका नाटक लेखेका छन् ।

प्रकाशित : वैशाख १, २०८१ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×