कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सन् १९४० मा आजकै दिन : अश्वेत अभिनेत्रीलाई पहिलो पटक अस्कर

काठमाडौँ — सन् १९४० मा आजकै दिन (फेब्रुअरी २९) मा अश्वेत अभिनेत्रीले पहिलो पटक अक्सर अवार्ड जितेकी थिइन् । ‘गन विथ द विन्ड’ मा गरेको अभिनयका लागि हाटी म्याकडानियललाई उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड प्रदान गरिएको थियो ।

सन् १९४० मा आजकै दिन : अश्वेत अभिनेत्रीलाई पहिलो पटक अस्कर

अमेरिकाको कान्ससमा १८९३ जुन १० मा जन्मिएकी म्याकडानियलकी आमा गायिका थिइन् भने पिताले अमेरिकी गृहयुद्ध लडेका थिए । १९०८ मा परिवार कोलोराडोमा बसाइँ सरेको थियो । १९३१ मा लस एन्जल्स पुगेको अर्को वर्षदेखि उनको अभिनय यात्रा सुरु भएको थियो ।

म्याकडानियलले पहिलो पटक ‘द गोल्डन वेस्ट (१९३२)’ फिल्ममा अभिनय गरेकी थिइन् । त्यस्तै, उनले ‘द गोल्डन वेस्ट (१९३३)’, ‘जज प्रिस्ट (१९३४)’, ‘द लिटल कोलोनेल (१९३५)’, ‘साराटोगा (१९३७),’ ‘भिभासियस लेडी (१९३८)’, ‘सपवर्न एन्जल (१९३८)’, ‘गन विथ द विन्ड (१९३९)’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् । म्याकडानियलको स्तन क्यान्सरका कारण १९५२ अक्टुबर २६ मा निधन भएको थियो ।


प्रकाशित : फाल्गुन १७, २०८० ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×