कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउने

काठमाडौँ — दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार  कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो । 

दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउने

राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो । मंगलबार पास भएको नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने रहेको छ ।

केही वर्षदेखि कोरियामा मन नपराइने परिकारमा कुकुरको मासु पर्दथ्यो । नयाँ कानुनअनुसार कोरियामा अब मासुका लागि कुकुर पाल्न पाइने छैन । कानुन उल्लंघन गर्नेलाई जेल सजायसम्म हुन सक्नेछन् । कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । त्यस्तै मासुका लागि कुकुर पाल्ने वा बेच्नेलाई २ वर्षसम्म जेल सजाय हुने कानुनमा उल्लेख छ ।

किसान र रेस्टुरेन्ट सञ्चालकलाई ३ वर्षभित्रमा रोजगार तथा आम्दानीका लागि वैकल्पिक स्रोत उपलब्ध गराएपछि नयाँ कानुन कार्यान्वयनमा ल्याउने पनि कोरियाली सरकारले उल्लेख गरेको छ । सरकारी पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरियामा १६०० कुकुरको मासु पाइने रेस्टुरेन्ट र ११५० कुकुर फार्म रहेका छन् ।

प्रकाशित : पुस २४, २०८० १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×