कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसदद्वारा तोडफोड 

(एएफपी)

पोड्गोरिका — संसद्‌मा तोडफोड तथा हिंसात्मक क्रियाकलाप गरेको आरोपमा मोन्टेनेग्रोका विपक्षी दलका सांसदहरू पक्राउ परेका छन् । 

अधिकारीका अनुसार धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन पारित भएपछि विपक्षदी दलका सांसदले संसद्भित्र विरोध तथा प्रदर्शन गरेका थिए । विधेयकमा विपक्षीहरूले संशोधन प्रस्ताव दर्तासमेत अस्वीकृत भएपछि उनीहरूले संसद्को बैठक कक्षमै माइक तोडफोड गर्ने, अरू पार्टीका नेताहरूलाई भौतिक आक्रमण गर्नेलगायतका हिंसात्मक गतिविधि गरेका थिए । त्यसलगत्तै २२ मध्ये १७ सांसदलाई पक्राउ गरिएको हो ।


नयाँ कानुनमा समावेश गरिएको चर्चसम्बन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षका बीचमा विवाद रहेको छ । कानुन पारित भएपछि संसद्मा बिहीबार रातिदेखि विवाद चर्केका थियो ।


विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदले विवादास्पद कानुन पारित नगर्न दबाब दिएका थिए । नियन्त्रणमा लिइएका विपक्षी नेताहरू मिलान क्नेजेभिक, अन्द्रिजा मान्डिकलगायत केहीलाई भने रिहा गरिएको छ ।

प्रकाशित : पुस १३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?