१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

‘महत्त्वपूर्ण परीक्षण’ गरेको किमको दाबी

(एजेन्सी)

सोल — उत्तर कोरियाले आफ्नो भू–उपग्रह प्रक्षेपण स्थलमा ‘अति महत्त्वपूर्ण परीक्षण’ गरेको बताएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएले उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै ‘देशको रणनीतिक अवस्थितिलाई थप मजबुद बनाउन पछिल्लो परिणाम प्रयोगमा आउने’ जनाएको छ ।

‘महत्त्वपूर्ण परीक्षण’ गरेको किमको दाबी

सोहाए भू–उपग्रह लन्चिङ ग्राउन्डमा शुक्रबार गरिएको पछिल्लो परीक्षणबारे विस्तृत विवरण भने दिइएको छैन । यो एक सातामा उत्तर कोरियाले गरेको दोस्रो परीक्षण हो । विश्लेषकहरूका अनुसार उत्तर कोरियाको पछिल्ला परीक्षणहरू जमिनमा आधारित भू–उपग्रह प्रक्षेपणलाई बल पुर्‍याउने इन्जिन वा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण हुन सक्ने जनाएका छन् ।


उत्तर कोरियाले अमेरिकासँग वार्ता बन्द गरेको अनुमान गरिएका बेला पछिल्लो परीक्षण गरेको हो । ‘हामीलाई हाल अमेरिकासँग लम्बेतान वार्ता गर्न आवश्यक छैन र परमाणु नि:शस्त्रीकरणको मुद्दा सहमतिको टेबलबाट बाहिरिइसकेको छ,’ संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली दूत किम सङले गतसाताको परीक्षणपछि विज्ञप्तिमा उल्लेख गरेका थिए । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको भ्रमण गर्दै छन् ।


प्रकाशित : मंसिर २९, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?