कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा हस्तक्षेपविरुद्ध लन्डनमा प्रदर्शन

लन्डन — छिमेकी भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेको विरोधमा बेलायतका नेपालीले प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतले सोमबार लन्डनस्थित भारतीय हाई कमिसनअगाडि आयोजना गरेको प्रदर्शनमा सयौं नेपाली सहभागी भए ।

सीमा हस्तक्षेपविरुद्ध लन्डनमा प्रदर्शन

स्थानीय समयअुनसार १२.३० देखि १.०० बजेसम्म मार्च पास र बिनाहोहल्ला स्टेटिक (निश्चित स्थानमा बसेर) विरोध गरिएको हो ।


गैरआवासीय नेपाली संघ केन्द्रीय परिषद्ले भारतीय कदमको जोडदार विरोध गर्ने तथा नजिकको भारतीय दूतावास वा हाई कमिसनमा प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले प्रदर्शन गरेको हो । तर बेलायतका विभिन्न सहरबाट एकत्रित भएका नेपालीले प्रदर्शनपछि बुझाइएको विरोधपत्र भने हाई कमिसनले अस्वीकार गरिदिएको छ ।


विरोधपत्रमा ऐतिहासिक दस्तावेजले उल्लेखित भूभाग नेपालकै भएको प्रस्ट्याउँदा पनि भारतले एकतर्फी नक्सा जारी गर्दा विदेशभर रहेका नेपाली दुःखी भएको उल्लेख छ । भारत नेपाल सीमा विवाद शताब्दियौं लामो रहेको र यसको समाधानका लागि दुई देशस्थित विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच वार्ता भइरहेको अवस्थामा त्यसको निचोड नआउँदै नक्सा जारी गरिनु विडम्बना भएको पत्रमा जनाइएको छ । भारतको उक्त कार्य अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत भएको पत्रमा उल्लेख छ ।



‘नाराबाजी, होहल्ला र उत्तेजना निषेध गरिएकाले हामीले अनुशासित र मर्यादित ढंगले विरोध गर्‍यौं,’ एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले भने, ‘नेपाल भारत सीमा समस्या समाधानका लागि हामी एनआरएन जस्तोसुकै कदम चाल्न पनि तयार छौं र नेपाल सरकारको कदमप्रति ऐक्यबद्धता छ ।’


प्रकाशित : मंसिर १७, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?