कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा अन्तरिम मन्त्रिमण्डल

एजेन्सी

कोलम्बो, श्रीलंका — श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रिमण्डलको घोषणा गरेका छन् । नया मन्त्रिमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

सरकारमा भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजु महिन्दा राजापाक्षले प्रधानमन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपतिका अर्का भाइ चमाल राजापाक्षलाई कृषि, सिँचाइ, आन्तरिक व्यापार तथा उपभोक्ता हित मन्त्री बनाइएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षले वित्त, आर्थिक मामिला, आवास, सहरी विकास, खानेपानी आपूर्ति र बुद्धधर्मसम्बन्धी काम गर्नेछन् ।


प्रधानमन्त्री राजापाक्षले सन् २००६ देखि २०१५ सम्म शक्तिशाली राष्ट्रपतिका रूपमा श्रीलंकालाई नेतृत्व प्रदान गरेका थिए । निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पक्षका राष्ट्रपतिका उम्मेदवार सजित प्रेमादासाको पराजयसँगै पदबाट राजीनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको हो ।


मन्त्रिमण्डलका अन्य सदस्यमा निमाल सिरिपाला, अरूमुगम थोन्दामन, डग्लास देभानन्द, पवित्रादेवी वान्नीआराच्ची, बन्दुला गुणवार्दने, जानका बन्दारा तेन्नाकुन, डल्लास अलाहाप्पेरूमा, विमल विरावान्सा, महिन्दा अमराविरा, एस एम चन्द्रसेना, रमेश पाथिराना र प्रसन्न रणतुङ्गा रहेका छन् ।

प्रकाशित : मंसिर ७, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?