कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कंगोमा दादुराले ५ हजारको मृत्यु

एएफपी

कंगो — कंगोमा दादुराको महामारी फैलिएको छ । महामारीबाट यो वर्ष करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट संक्रमित छन् ।

कंगोमा दादुरा निकै नै द्रुतगतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।


कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी व्यक्ति दादुराका कारण ज्यान गुमाउन पुगेका छन् ।


कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्ष दिनमा कम्तीमा पनि २ हजार जनाको ज्यान गएको थियो ।



प्रकाशित : मंसिर ७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?