कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाका प्रधानमन्त्रीमा महिन्दा राजापाक्ष

(एजेन्सी)

कोलम्बो — श्रीलंकाका राष्ट्रपति गोटाभाय राजापाक्षले आफ्ना दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 
महिन्दा राजापाक्ष सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेका थिए । उनले श्रीलंकामा २५ वर्षभन्दा बढी समयसम्म चलेको गृहयुद्ध अन्त्यका लागि सशक्त भूमिका निर्वाह गरेका थिए । 

श्रीलंकाका प्रधानमन्त्रीमा महिन्दा राजापाक्ष

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपतिले महिन्दा राजापाक्षलाई नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० मा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गर्नेगरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रिमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


राष्ट्रपति राजापाक्षले सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ । श्रीलंकाली सञ्चारमाध्यमका अनुसार नयाँ मन्त्रिपरिषद् १५ सदस्यीय हुनेछ । मन्त्रिमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने बताइएको छ ।


प्रकाशित : मंसिर ५, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?