कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजापाक्षले लिए राष्ट्रपतिको शपथ

(एजेन्सी)

कोलम्बो — श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिमा गोटाभया राजापाक्षले सोमबार पद तथा गोपनीयताको शपथ लिए । उनी श्रीलंकाका आठौं राष्ट्रपति हुन् । 

राजापाक्षले श्रीलंकाको अनुराधापुरास्थित बौद्ध मन्दिरमा शपथ लिएका हुन् । उनलाई श्रीलंकाको प्रधानन्यायाधीश जयन्था जयसूर्याले शपथ गराए । शनिबार भएको चुनावमा उनले ३५ प्रत्याशीलाई पराजित राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


शपथ ग्रहणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राजापाक्षले ‘राष्ट्रिय सुरक्षालाई प्रमुख प्राथमिकता दिने’ बताएका छन् । उनले आफू सिंहला समुदायको मतका कारण राष्ट्रपतिमा चुनिएको बताए । उनले भने, ‘म सिंहला समुदायको मतले मात्रै पनि राष्ट्रपतिमा निर्वाचित हुन सक्थें । तर मैले तमिल र मुस्लिम समुदायलाई पनि सहयोगका लागि आग्रह गरें ।’ राजापाक्ष यसअघि सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको रक्षामन्त्री बनेका थिए ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?