कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोताबाया विजयी

एजेन्सी

कोलम्बो — श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ तथा पूर्व रक्षा सचिव गोताबाया राजापाक्षे विजयी भएका छन् । सत्तारुढ दलको उम्मेद्वारलाई पराजित गर्दै सिन्हाली बौद्धमार्गी राजापाक्षे विजयी भएका हुन् ।

श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोताबाया विजयी

श्रीलंकामा सिन्हाली बौद्धमार्गीको वर्चश्व रहेको छ भने तामिल र मुसलमानहरु अल्पसंख्यकका रुपमा रहेका छन् ।


श्रीलंकाका मन्त्री सजिथ प्रेमादासाले एक विज्ञप्ती जारी गर्दै जनताको निर्णयलाई आफूहरुले कदर गर्ने बताएका छन् । गृहयुद्धका बेला रक्षामन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका राजापाक्षेका प्रवक्ता केहिलिया रामबुङ्कवेलाले यो जनताको जित भएको बताएका छन् । उनी विजयी भएको खबर बाहिर आएसँगै राजापाक्षेको घर अगाडि समर्थकहरुको ठूलो भिड जम्मा भएको छ ।


राजापाक्षेले निर्वाचित हुनका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको बताइएको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार शनिबार भएको मतदानमा कुल ८० प्रतिशत मत खसेको थियो ।

प्रकाशित : मंसिर १, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?