कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राफेल विमान खरिद मुद्दा सर्वोच्चद्वारा खारेज

(एजेन्सी)

नयाँदिल्ली — भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकु विमान खरिद प्रकरण टुंगिएको छ ।

राफेल विमान खरिद मुद्दा सर्वोच्चद्वारा खारेज

मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकु राफेल विमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि विमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो ।


प्रधान न्यायाधीश रञ्जन गोगोई तथा न्यायाधीश सञ्जय किसान कौल र केएम जोसेफको संयुक्त इजलासले सन् २०१८ को डिसेम्बर १४ को सर्वोच्चको आदेशविरुद्ध परेको याचिका खारेज गरेको हो । अदालतको आदेशमा विमान खरिदसम्बन्धी तथ्य प्रमाणहरूका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटि नदेखिएको बताउँदै विमानको मूल्यका बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा चासो नरहेको उल्लेख छ ।


सर्वोच्चको पूर्व निर्णयमाथि पुनर्विचार गरियोस् भन्दै पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हा, अरुण शौरी, कानुन व्यवसायी प्रशान्त भूषण र अरुहरूले निवेदन दिएका थिए । उनीहरूले सर्वोच्चको पूर्व आदेशमा धेरै त्रुटि रहेको भन्दै निर्णय सच्याउन आग्रह गरेका थिए ।

प्रकाशित : कार्तिक २९, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?