कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काबुल विस्फोटमा ७ जनाको मृत्यु 

सिन्हवा

काबुल — अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

काबुल विस्फोटमा ७ जनाको मृत्यु 

स्थानीय समय अनुसार बुधबार बिहान ७:२५ मा सो विस्फोट भएको थियो ।


यस विस्फोटमा अन्य ७ जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।


शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरु, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।


गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कार बम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन् ।


बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षा फौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैनन् ।

प्रकाशित : कार्तिक २७, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?