कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, कम्तीमा ६० को मृत्यु 

रोयटर्स

पाकिस्तान — कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् ।   

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, कम्तीमा ६० को मृत्यु 

स्थानीय समाचार माध्यमले जनाएअनुसार तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको हो । केही यात्रुले खाजा बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जनाएको छ । रेलका ३ डब्बा जलेका छन् । घाइतेलाई उद्धार गरी नजिकैको अस्पताल लगिएको छ ।


प्रकाशित : कार्तिक १४, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?